खेम राज पाण्डेय भजनी । कैलालीको भजनी नगरपालिकाको आयोजना, NNSWA को आर्थिक सहयोग एबम NLR को प्राबिधिक सहयोगमा कुष्ठरोग रोकथाम तथा घरदैलो कार्यक्रम भजनीमा सम्पन्न भएको छ।

CP-HOSPITAL

भजनी नगर प्रमुख केवल चौधरीको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी स्वास्थ्य कार्यालयका बरिस्ठ जनस्वास्थ्य अधिकृत आसुतोष श्रेष्ठ रहनु भएको थियो ।

अतिथिमा स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाका तथ्यांक अधिकृत पुष्प राज जोशी , स्वास्थ्य निर्देश्नालयका क्षयकुष्ठ अधिकृत मनोज ओझा , स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरिक्षक देव जोशी , NLR का प्रतिनिधिहरु र NNSWA का कर्मचारी र स्वास्थ्य सस्था प्रमुख स्वास्थ्यकर्मी लगायत महिला स्वास्थ्य स्वयंसेवकहरुको सहभागिता रहेको थियो ।

स्वास्थ्य शाखा संयोजक कैलाश चौधरीले सन्चालन गरेको कार्यक्रममा देव जोशीले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भयो । NNSWA का राजिव अवस्थीले भजनी नगरपालिकामा रहेका कुष्ठरोग को अवस्था विश्लेषण गर्नु भयो ।

स्वास्थ्य कार्यालय प्रमुख आसुतोष श्रेष्ठका अनुसार भजनी न पा मा हाल पनि ३१२ कुष्ठ रोगी हरु रहेको र १४ बर्ष मुनिका बिरामी १७ जना अङ्ग भङ्ग भएका बिरामी २४ जना बिरामी रहेको देखिएको जनाइएको छ ।

विज्ञापन

सबैभन्दा बढी बिरामी वडा न ३ मा रहेको र यसरी भजनी कुष्ठ रोग प्रभावित क्षेत्र भएकोले भोलि बाट तालिम प्राप्त स्वास्थ्यकर्मी हरुबाट कुष्ठ रोगीहरुको GPS app मार्फत लगत लिई रोगी कै घरमा गैइ contact servey गर्ने र दसै तिहार पछि सबैलाई कुष्ठ रोग बिरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको जनाइएको छ ।