खेम राज पाण्डेय भजनी । जिल्लाको भजनीमा दिगो विकास समाज भजनी तथा बाल कल्याण संघ  टीकापुर र वर्ल्ड भिजन इन्टरनेशन नेपालको सहयोगमा सञ्चालन परियोजनाहरू पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना (NRL),समावेशी तथा गुणस्तरिय शिक्षा परियोजना,नेपाल रिड्स परियोजना र एकीकृत बाल संरक्षण तथा स्पेनसरसिप परियोजनाको आर्थिक वर्ष २०८०/०८१(2024)को गरिने कार्यक्रमहरु तथा बजेटको बारेमा परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । 

उक्त परिचयात्मक कार्यक्रमका सभाध्यक्ष बाल कल्याण संघ टिकापुरका कोषाध्यक्ष धन राज शाही रहनु भएको कार्यक्रममा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी,प्रमुख प्रशासकिय अधिकृत लक्षमण बहादुर कठायत ,भजनी नगरपालिकाका सम्पूर्ण वडा अध्यक्ष,विषयगत शाखा प्रमुख,पत्रकार र संस्थाका कर्मचारी लगाएतको सहभागी भएको थियो।आर्थिक वर्ष २०८०/२०८१को बाल कल्याण संघ टीकापुरको  बाल संरक्षण तथा स्पेनसरसिप परियोजना लागि ३३लाख १सय २९बराबरको बजेट  विनियोजन गरिएको छ। 

यार्ड नेपालको पनि ४० लाख बराबरको बजेट विनियोजन गरिएको फिल्ड सहजकर्ता  पित्तमार पौडेलले बताए।दिगो विकास समाज भजनी र वर्ल्ड भिजन नेपालको सहयोगमा संचालित पोषण तथा उत्थानशील  जिविकोपार्जन परियोजना अन्तर्गत आर्थिक वर्ष २०८०/२०८१को लागि ७०लाख १५हजार ५सय ३६बराबरको बजेट विनियोजन गरिएको र ५१५वटा कार्यक्रम रहेको परियोजना अधिकृत विनोद कुमार शाहले बताए।उक्त कार्यक्रम कैलालीको पाँच वटा पालिकाभजनी ,टीकापुर,घोडाघोडी,गौरिगंगा र कैलारीमा लागू गरिएको बाल कल्याण संघका परियोजना अधिकृत किसन कसराले बताए। 

कार्यक्रम संचालक खुशी राम चौधरीले गर्नु भएको थियो।