खेम राज पाण्डेय भजनी । कैलालीको भजनीमा महुन्याल सामुदायिक वन उपभोक्ता समूहको २५औं वार्षिक साधारण सभा सार्वजनिक सुनुवाई तथा लेखा परीक्षण सम्पन्न भएको छ।




कैलालीको भजनी नगरपालिका १ र ३ मा रहेको महुन्याल सामुदायिक वन उपभोक्ता समूहको २५औं वार्षीक साधरण सभा समूहको अध्यक्ष कुसुम चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भजनी नगर प्रमुख केवल चौधरी रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वडा सदस्य सीता राम चौधरी,सव डिभिजन कार्यालय भजनीका प्रतिनिधि कालु राम चौधरी, बहुउ्देश्यीय सहकारी संस्था अध्यक्ष देवी प्रसाद जैशीअतिथिमा,पत्रकार खेम राज पाण्डेय, यज्ञ जैशी ,समुदायिक वन उपभोक्ता समुहका सदस्य,भलमन्सा र समाजसेवि लगाएतका उपस्थित रहेको थियो।





समूहको वार्षिक साधारण सभामा संस्थाले आर्थिक बर्ष २०७९/०८० को आर्थिक वर्षमा २४ लाख ६८ हजार ९३ रुपैया बराबरको आय व्याय संस्था सचिव धनी राम भण्डारीले प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले वन क्षेत्रमा हरियाली पर्यटकीय आकर्षण आयआर्जन बाट जीविका आर्जनमा टेवा पुराउने , सुशासन पाटोमा राम्रो काम गर्दै आएको र सामुदायिक वनले स्थानिय निकायसंग समन्वय गरेर कार्यक्रम गर्न समेत जोड दिनु भएको छ।


संरक्षण ,चोरी निकासा लाई नियन्त्रण गर्नु पर्ने स्थानिय निकाय सधैं सामुदायिक वनलाई संरक्षण गर्न साथ दिने बताउनु भयो। उक्त कार्यक्रमको स्वागत मन्तब्य लक्ष्मी विकले गरेको कार्यक्रमको संचालक संस्थाकी कोषाध्यक्ष मंगला देवी जैशीले गरेकी थिइन्।

