बझाङ । बझाङमा भूकम्पका कारण तीन वटा स्वास्थ्य संस्थामा सामान्य असर परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य संस्थामा असर गरेपनि तर सेवा प्रभावहमा भने कुनै असर नपुगेको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार भूकम्प प्रभावित क्षेत्रमा आवश्यक मानव तथा संशाधन सहयोगका लागि मन्त्रालय तयार रहेको छ।

भूकम्पबाट ११ जना घाइते भएकामध्ये ९ जनाको जिल्ला अस्पताल बझाङमा उपचार भई घर फर्किसकेको जानकारी पनि मन्त्रालयले दिएको छ। २ जनालाई भने थप उपचारका लागि धनगढी रेफर गरिएको छ।