सागर चौधरी /बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं ६ को सचिवमा मदन जोशीलाई नियुक्त गरी स्वागत गरिएको छ।

बर्दगोरिया ६ न वडाको आयोजनामा आज वडाको हलमा एक कार्यक्रमको आयोजना गरी बर्दगोरिया गाउँपालिका ६न वडाका सदस्य धनशरा सुनारको सभापतित्वमा स्वागत गरिएको हो ।



बर्दगोरिया गाउँपालिका ६ न वडाका कार्यालय सहयोगी रितु कुमारी चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा बर्दगोरिया ६ नम्बर वडा अध्यक्ष रामकृष्ण डगौरा रहेका थिए ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथिमा सन्त समाजका अध्यक्ष डा.राम बहादुर चौधरी, जेष्ठ नागरिक मञ्च सुदुरपश्चिम प्रदेध सदस्य फत्तेलाल चौधरी हरेका थिए ।
यस्तै अतिथि ने क पा बर्दगोरियाका उपाध्यक्ष तथा सामाजसेवि ध्वज बहादुर सुनर , पृथ्वीपुर गाउँ समाज को भल्मन्सा लहानु चौधरी , पशु शाखा प्रमुख युवराज कठिरया रहेका थिए ।

कार्यक्रममा नव नियुक्ति वडा सचिब मदन जोशीले आगामी दिनमा यो बर्दगोरिया ६ को सबै गाउँबासिहरुको लागि आफ्नो काम कर्तव्य बुझि पूरा लगनशिल तरिकाले गर्ने छु र कुनै पनि ६ नम्बर टोल गाउँ बासिले अवश्यक्त परेको बेला सम्पर्क गर्न सक्ने बताएका छन । ६ नम्बर वडालाई नमूनाकै रुपमा चिनउने आफ्नो विशेष भूमिका निर्वाह गर्ने बताए ।

जोशी साबिक बर्दगोरिया गाउँपालिकामा एम.आइ.एस. अपरेटर पञ्चिकरण शाखा मा कार्यरत रहेका थिए ।
कार्यक्रम सञ्चालन बर्दगोरिया ६ नम्बर वडा सदस्य नेहा चौधरीले गरेकी थिइन ।
