खेम राज पाण्डेय भजनी । भजनी नगरपालिकाको स्थानीय आपतकालिन कार्य सन्चालन केन्द्रले तत्कालका लागि कृषकहरुलाई धान नकाटन आग्रह गरेको छ ।





पालिकाले जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान अनुसार यस बर्ष मनसुन बाहिरिने अक्टुबर २ मा भएपनि यस बर्ष मौषम बाहिरिन केहि ढिलो हुने भएकाले धान नकाटन् र काटेको भए तत्काल बालिहरुलाई भित्र्याउन नगरपालिका बासीमा अनुरोध गरेको छ ।





भजनी नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपाने जानकारी दिनुभएको छ ।














