बौनिया । थारु कल्याणकारिणी सभाका नवनिर्वाचित पदाधिकारीहरु लाई स्वागत तथा अभिवादन गरिएको छ ।

नेपाली कांग्रेस बर्दगोरिया गाउँकार्य समितीको आयोजनामा आज बौनिया बजारको जेसिज हलमा एक कार्यक्रमको आयोजना गरी नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा अभिवादन गरिएको हो ।

नेपाली कांग्रेस बर्दगोरिया गाउँकार्य समिती सभापति कृष्ण बिष्टको सभापतित्वमा भएको कार्यक्रममा काँग्रेस जिल्ला सदस्य सुशील शाही प्रमुख अतिथि रहनु भएको थियो । नेपाली काँग्रेस बर्दगोरिया गाउँकार्य समिति सह सचिव श्याम कुमारी चौधरीको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रममा नवनिर्वाचित थाकस सभापति बीर बहादुर चौधरीले आगामी दिनमा थाकसले सबै जातजाति भाषाभाषी संस्कृति लाई एकजुट गरी अगाडि बढ्ने र विशेष गरी थारु समुदायमा चल्दै आएको बदघर भलमंसा प्रथालाई कानुनी रूपमा मान्यता दिनेगरी पहल गर्न आफ्नो विशेष भूमिका निर्वाह गर्ने बताउनु भयो । कार्यक्रमको सञ्चालन धीरज शाहीले गर्नुभएको थियो ।