कञ्चनपुर । रुख काटेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । फाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा बेलौरी नगरपालिका– ६ का वडाध्यक्ष भोजराज चौधरी पक्राउ परेका हुन।



वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगरबाट पक्राउ गरी वनको हिरासतमा राखिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रसाद कँडेलले बताएका छन।



उनलाई भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप लागेको छ ।
