धनगढी । गएरातिको बर्षाले धनगढी जलमग्न बनेको छ । धनगढीका मुख्यसडक डुवानमा परेको छन भने सेती प्रादेशिक अस्पतालमा पनि पानी भरिएको छ । उचित ढल निकास नहुदा पार्क चौक देखि कैलाली पुल सम्मको सडक जलमग्न भएको छ । सडकमा पुरै पानि भरिए पछि यातायातका साधन चल्न समस्या भएका छन् ।

यस्तै अस्पतालमा बिरामी भर्ना गरिएका कक्षहरू जलमग्न भएका हुन्। पानी अस्पतालको प्रसूति बार्ड, अप्रेसन बार्ड लगायतमा भरिएको छ।