धनगढी । अत्तरिया–मोहनापुल ६ लेन अन्तरगत गोदावरी नगरपालिका क्षेत्रमा रहेको डिभाइडरमा रहेको घाँस मिलाउने कार्य सुरु गरिएको छ । नगरपालिकाले नगरक्षेत्र भित्र रहेको डिभाइडरको भागमा मेसिनको माध्यमबाट घाँस काट्ने र मिलाउने काम सुरु गरेको हो ।

वर्षाका कारण डिभाइडरको क्षेत्रमा पलाएको घाँस मिलाउन लागिएको नगरप्रमुख विरेन्द्र भट्टको सचिवालयले जनाएको छ । नगरप्रमुखका स्वकिय सचिव दिपिन कुमार साउँदले डिभाइडरमा पलाएको घाँस मिलाउनका लागि नगरपालिकाले ४ जना कर्मचारीहरु राखेको बताए ।

उनका अनुसार ति कर्मचारीहरुले डिभाइडरको घाँस काट्ने, फोहोरहरु फाल्ने र डिभाइडरमा रोपिएका विरुवा वरपरको बुट्यान उखेल्ने कार्य गर्नेछन । उक्त कार्य नियमित रुपमा सञ्चालन हुने बताईएको छ ।