बर्दगोरिया ।  बर्दगोरिया गाउँपालिकामा सम्पन्न अन्तर विद्यालय तिज नृत्य प्रतियोगिताको उपाधी उचाल्न नवलपुर बालबाटिका बिद्या मन्दिर सफल भएको छ । 

परसंस्कृतिमा न्यूनीकरण ,तिज गितमा मौलिक जागरण भन्ने नारा सहित बर्दगोरिया साहित्य तथा सास्कृतिक मंचको आयोजनामा  हरितालिका तिजको अवसरमा सम्पन्न प्रतियोगितामा आदर्श सामुदायिक बिद्या मन्दिर दोस्रो स्थान हासिल गर्न सफल भयो । यसै गरि महुन्याल माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गर्न सफल भयो । 

सुनिल भण्डारीको स्वागत मनतब्य संगै सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष भरत ताम्राकारको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा  गाउँपालिका उपाध्यक्ष गणेश राज गिरि रहनु भएको थिए।

बिजेता बनेका विद्यालयलाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो । प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने क्रमशः ७ ह्जार पाँच सय ,५ ह्जार पाँच सय र २ ह्जार पाँच सय कार्यक्रमका  बिशिस्ट अतिथि पालिका उपाध्यक्ष गणेश राज गिरिले प्रदान गरेका थिए । 

प्रतियोगितामा बर्दगोरिया गाउँपालिकाका सामुदायिक र संस्थागत गरि ९ विद्यालयको सहभागिता रहेको थोयो ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । विद्यालयमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन सो प्रतियोगिता आयोजना गरिएको संस्थाका  अध्यक्ष भरत ताम्राकारले जानकारी दिए । 

कार्यक्रममा शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेबापत महुन्याल माद्यामिक विद्यालयका प्र अ चन्द्रिका जोशि र कलाकार सुनिता पोख्रेललाई सम्मान समेत गरेको थियो । यस  कार्यक्रमलाई संचालन इन्द्रा के सि  गरेका थिए ।