सागर चौधरी /बौनिया। बर्दगोरिया गाउँपालिका वडा न ४  को आयोजनामा वडा स्तरिय सामुहिक तथा एकल तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ  । कार्यक्रममा एकल तीज नृत्य प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गरेर रन्जना चौधरी प्रथम बन्न सफल भएकी छन  ।कैलालीको बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोगमा मुडा बजार खेल मैदानमा भएको वडा स्तरिय सामुहिक तथा एकल तीज नृत्य प्रतियोगितामा रन्जना  प्रथम बन्न सफल भएकी हुन ।

हरितालिका तिज समुहकी संयोजक सबित्रा सापकोटा को सभापतित्वमा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि बर्दगोरिया ४ न वडा अध्यक्ष  जगत बहादुर शाही  रहेका थिए । कार्यक्रममा बोल्दै शाहीले प्रतियोगिता सन्देश मुलक रहेको बताए । बधाई तथा शुभककामना दिदै अबिर, खादा लगाएर प्रमाणपत्र र पुरस्कार वितरण गरेका थिए । उनले यस्ता प्रतियोगिताले प्रतिभालाई प्रस्फुटन गराउन अफ्नो तलब भत्ता २/२हजार  सहयोग गर्ने  बताए ।

‘परम्परा जोगाऔ  विकृती हटाऔ’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगिता एकाल नृत्य  रन्जना चौधरीले पहिलो हुँदै नगद २ हजार र प्रमाणपत्र  हात पारे  । त्यस्तै  ग्रुपनृत्य  पिहलाे विष्णु सापकाेटाले ५ हजार ,कमला शर्की  ग्रुपनृत्य द्धितिय हुँदै ३ हजार, र वर्ष शाहि ग्रुपनृत्य तेस्रो हुँदै २ हजार  नगद  पुरस्कार हात पारीन । नृत्य प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धामा रहेका थिए , प्रथम पुरस्कार पाउँदा आफूलाई निकै खुसी लागेको रन्जना  चौधरीले बताईन् विशेष गरी नृत्यमा धेरै रुची राख्ने गरेको  चौधरीले बताए ।

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । महिलाहरूका लागि खुशी र उमंगका साथ पर्व मनाउने उपयुक्त वातावरण सृजना गर्नु प्रतियोगता आयोजना गरिएको संयोजक साबित्राले बताए ।

उनले प्रतियोगिताले स्थानीय कलाकारहरुमा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न मदत पुग्ने बताए । कार्यक्रमको संचालन कोसेली एफ.एम.का प्रबन्धक लीला राज शाहिले गरेका थिए भने स्वागत मन्तव्य पर्वती साउँदले राखेकी थिइन् ।