बौनिया । पर संस्कृतिमा न्यूनीकरण तिज गीतमा मौलिक जागरण भन्ने मूल नाराका साथ बर्दगोरियाको बौनियाँमा अन्तर विद्यालय तिज नृत्य प्रतियोगिता हुने भएको छ ।

असोज १ गते प्रतियोगिता सञ्चालन हुने आयोजक बर्दगोरिया साहित्य तथा सांस्कृतिक मञ्चले जनाएको छ । हिन्दु नेपाली नारीहरूको महान् चाड हरितालिका तिजको अवसरमा आयोजित कार्यक्रममा मौलिकताको खोजी गरिने छ ।

पछिल्लो समय तिज संस्कृतिमा विकृति भित्रिएकाले त्यसको न्यूनीकरण गर्ने उद्देश्यले मौलिकपनको नृत्य आयोजना गरिएको मञ्चका अध्यक्ष एवम् मूल आयोजक समिति संयोजक भरत ताम्राकारले जानकारी दिए । प्रतियोगितामा करिब २० विद्यालयको सहभागिता हुने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद ७ हजार ५ सय सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्वितीय र तृतीयले क्रमशः. नगद ४ हजार ५ सय र २ हजार ५ सय सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।