जेठ ९, काठमाण्डौ । अविनाश विक्रम शाह निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले कान्समा ‘जुरी प्राइज’ जितेको छ । विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्सको मुख्य प्रतिस्पर्धापछिको यो दोस्रो महत्त्वपूर्ण विधा ‘अन सर्टेन रिगार्ड’तर्फ यो फिल्मले क्लोजिङ सेरोमनीमा यो अवार्ड जितेको हो ।

CP-HOSPITAL

यही विधाको मुख्य अवार्ड ‘अन सर्टेन रिगार्ड प्राइज’ भने सान्ड्रा वुल्नरको फिल्म ‘एभ्रिटाइम’ विजयी घोषित भयो । त्यसपछिको दोस्रो मुख्य अवार्ड नेपालको भागमा परेको हो । अवार्ड जितिसकेपछि निर्देशक शाहले जितको श्रेय आफ्नो टिमलाई दिए । ‘अँध्यारोलाई पनि हेर्न सक्ने शक्ति फिल्ममा हुन्छ । हाम्रो कथा यो महोत्सवसम्म आइपुग्नु र यस्तो पहिचान बटुल्नु, इन्भिजिबल कुरा भिजिबल भएको हो,’ निर्देशक शाहले भने ।

फिल्मले हात्तीको आक्रमणबाट आक्रान्त बस्तीमा बस्दै आएको एक परिवारको कथा समेट्छ, जहाँ आमा र छोरीको सम्बन्ध देखाइएको छ । यो परिवारले फिल्ममा यौनिक तथा अल्पसंख्यक समुदायको प्रतिनिधित्त्व गर्छ । फिल्ममा यही समुदायका मानिसले अभिनय गरेका छन् ।

अवार्ड जितेसँगै कलाकारको टोली मञ्चले नाच्दै खुसी मनाएका थिए । फिल्ममा अभिनय गरेकी पुष्पा लामाले अवार्ड जितेसँगै निर्देशक शाहलाई नेपालको झण्डा ओढाइदिइन् ।

त्यस्तै, यही विधामा स्पेसल जुरी प्राइज भने ‘आइरन ब्वोइ’ले जित्यो । ‘बेस्ट एक्टर’को अवार्ड फिल्म ‘कंगो ब्वोइ’ले पायो । त्यस्तै, ‘बेस्ट एक्ट्रेस’को अवार्ड भने ‘सिम्प्रे सो टू एनिमल म्याटर्नो’ले उचाल्यो । ‘अन सर्टेन रिगार्ड’मा १९ फिल्म छानिएका थिए । जसमध्ये ६ फिल्म पहिलो पटक निर्देशनमा होमिएका निर्देशकहरुका थिए ।

समेट्छ, जहाँ