सगार चौधरी /बौनिया । कैलालीको बर्दगोरिया ६ मा वडा स्तरीय हरितालिका तिज विशेष शुभकामना आदान – प्रदान बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । वडा स्तरीय हरितालिका तिज उपभोक्ताको आयोजनामा पृथ्वीपुर कृषिहात बजारको प्राङ्गणमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो ।

बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ६ कार्यालयको आर्थिक सहयोग र श्री जनजागरण युवा क्लबको समन्वयमा भदौ २७ गते दिउँसो 11 बजे देखि साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको ६ न वडाका अध्यक्ष रामकृष्ण डगौराले जानकारी दिएका छन ।

तिजमा रमाइलो संगै संस्कृति संरक्षणमा टेवा पु¥याउने उदेश्यका साथ कार्यक्रमको आयोजना गर्न लागीएको आयोजकले जनाएको छ ।