वैशाख १७, काठमाण्डौ ।रोल्पाको थवाङस्थित जलजलामा भएको लु१ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा १७ जनाको मृत्यु भएको छ ।



थवाङ गाउँपालिका–१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप करिब ८ सय मिटर तल खसेर दुर्घटना हुँदा ठूलो मानवीय क्षति भएको हो ।



जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुनेहरूलाई बोकेको जिप दुर्घटनामा परेको जनाइएको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

















