डोटि । डोटिको जोरायल गाउपालिकाको वडा नम्बर ०२ पतडामा श्रद्धाञ्जली सभा सहित राहत हस्तान्तरण गरिएको छ ।  किसान बहुउद्देश्यीय सहकारीबाट परिवारलाई लाखौं सहयोग  संस्थाद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम सम्पन्न भएको छ।

संस्थाको सदस्य संरक्षण कोषमार्फत सञ्चालन हुँदै आएको उक्त कार्यक्रम जोरायल गाउपालिका वडा नम्बर ०२ पतडा सम्पन्न भएको हो। संस्थाले सञ्चालन गर्दै आएको सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत पुस २० गते निधन भएकी सदस्य दुर्गा देबि कामिको परिवारलाई राहत प्रदान गरिएको छ।

यस क्रममा संस्थाको सहजपुर शाखाले शुक्रवार आयोजित कार्यक्रममा मृतकका श्रीमान् राजन बि क लाइ ३ लाख ४६ हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ। किसान बहुउद्देश्यीय सहकारी संस्था का निति तथा अनुपालन विभाग प्रमुख दिपकराज ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्था का तालिम बिभाग प्रमुख नारायण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए।

कार्यक्रममा स्थानीय बासिन्दा उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन सहजपुर शाखा प्रमुख दिनेश राज न्यौपानेले गर्नुभएको थियो ।