बौनिया । नेशनल लाईफ इन्स्योरेन्सको ३९ औं वार्षिक उत्सवको अवसरमा कैलालीको बर्दगोरिया २ मा रहेको असहायहरुका लागि सञ्चालित सहारा घरमा खाद्यान्न सहयोग गरिएको छ ।

३९ औं वार्षिक उत्सवको अवसर पारी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सुखड शाखाको आयोजनामा त्यहाँ आवद्ध सबै कर्मचारीहरुको उपस्थितिमा सहारा घरमा आश्रित असहाय दुःखीहरुलाई संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत १ छाक बिहानी भोजन सेवा गरिएको कम्पनिकी सुखड शाखा प्रमुख स्नेहा तिवारीले बताईन ।

सहारा घरमा हाल दैनिकजसो विभिन्न संघसंस्था तथा मनकारी सहयोगी दाताहरु आएर आफ्नो जन्मदिन, वार्षिक उत्सव वैवाहिक वर्षगाँठ, आफ्नो पितृहरूको सम्झना लगायत विभिन्न पर्व तथा विशेष दिनको मौकापारी सहयोग गर्नेहरुको उपस्थिति हुने गरेको देख्न सकिन्छ ।