काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहीबार एकै दिन ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन सकिने जनाएको छ । समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जनाएको छ ।

समितिको प्रेस विज्ञप्तिमा अघिल्लो दिन पूर्णिमासँगै भद्रा रहेकाले १३ गते रात्रिमा ९ बजेर ३ मिनेटमा मात्र भद्रा सकिने भएकाले दिउँसाे रक्षाबन्धन गर्न नमिल्ने उल्लेख छ । “हाम्रो धर्म, संस्कृति र परम्परा अनुकूल रहेको छ,” समितिले भनेको छ ।

“रातको समयमा रक्षाबन्धन गर्ने परम्परा नभएका कारण भोलिपल्ट नै गर्नु पर्ने देखिन्छ । हालसम्म रक्षाबन्धन र जनै पूर्णिमालाई अलगअलग गर्ने परम्परा पनि छैन र एकै दिन गर्ने गरेको नै नेपालको परम्परा रहेको देखिन्छ,” समितिले विज्ञप्ति जारी गर्दै भनेको छ ।