काठमाण्डौ । चिकित्सा र संगीतको सृजनशीलतालाई सँगै अघि बढाइरहेका चिकित्सक, डा. आदित्य जोशीको नयाँ प्रस्तुति “हावा चलेछ क्यारे” हालै सार्वजनिक भएको छ।



यो गीत रोमान्टिक भावनाले भरिएको प्रेममय गीतको रूपमा प्रस्तुत गरिएको छ। गीतमा चर्चित गायिका समीक्षा अधिकारी र डा. आदित्य जोशी स्वयंको सुमधुर स्वर समावेश गरिएको छ, जसले सुन्नेलाई गीतमा पूर्ण भावनात्मक अनुभव दिलाउँछ। गीतका शब्द डा. जोशीले आफैँ लेखेका हुन् भने संगीत संयोजन कर्ण सञ्ज्याल र डा. जोशीको संयुक्त प्रयासमा तयार गरिएको हो।
सङ्गीतश्रव्यदृश्य वा म्युजिक भिडियोमा चर्चित डान्सर सरोज प्रजा र पार्वती श्रेष्ठको उत्कृष्ट अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवित बनाएको छ। यसबाहेक, संगीतको संयोजनमा केशव बडुले हातेमालो गर्नु भएको छ भने, गीतको मिक्सिङ पवन भट्टले गर्नु भएको छ, जसले सम्पूर्ण गीतलाई आधुनिक र प्राविधिक दृष्टिले पूर्णता दिएको छ।
यो गीत Medicine and Music नामक आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ। स्वास्थ्य सेवा जस्तो व्यस्त पेशामा रहेर पनि डा. जोशीले कला र संगीतप्रतिको आफ्नो प्रेमलाई निरन्तरता दिएका छन्, र यो प्रयासले धेरैले प्रशंसा प्राप्त गरेको छ। सांगीतिक बजारमा नेपाली दर्शक–श्रोताले यो गीतलाई निकै रुचाउने अपेक्षा गरिएको छ। प्रेम र संगीतको सुन्दर समिश्रणले भरिएको “हावा चलेछ क्यारे” श्रोतामा नयाँ उत्साह र संवेदनशीलता थप्नेछ।
Hawa Chalechha Kyare || Samikshya Adhikari • Dr. Aditya Joshi Ft.Saroj Praja • Parbati Shrestha













