काठमाण्डौ । चिकित्सा र संगीतको सृजनशीलतालाई सँगै अघि बढाइरहेका चिकित्सक, डा. आदित्य जोशीको नयाँ प्रस्तुति “हावा चलेछ क्यारे” हालै सार्वजनिक भएको छ।

CP-HOSPITAL

यो गीत रोमान्टिक भावनाले भरिएको प्रेममय गीतको रूपमा प्रस्तुत गरिएको छ। गीतमा चर्चित गायिका समीक्षा अधिकारी र डा. आदित्य जोशी स्वयंको सुमधुर स्वर समावेश गरिएको छ, जसले सुन्नेलाई गीतमा पूर्ण भावनात्मक अनुभव दिलाउँछ। गीतका शब्द डा. जोशीले आफैँ लेखेका हुन् भने संगीत संयोजन कर्ण सञ्ज्याल र डा. जोशीको संयुक्त प्रयासमा तयार गरिएको हो।

सङ्गीतश्रव्यदृश्य वा म्युजिक भिडियोमा चर्चित डान्सर सरोज प्रजा र पार्वती श्रेष्ठको उत्कृष्ट अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवित बनाएको छ। यसबाहेक, संगीतको संयोजनमा केशव बडुले हातेमालो गर्नु भएको छ भने, गीतको मिक्सिङ पवन भट्टले गर्नु भएको छ, जसले सम्पूर्ण गीतलाई आधुनिक र प्राविधिक दृष्टिले पूर्णता दिएको छ।

यो गीत Medicine and Music नामक आधिकारिक युट्युब च्यानलमार्फत बजारमा ल्याइएको छ। स्वास्थ्य सेवा जस्तो व्यस्त पेशामा रहेर पनि डा. जोशीले कला र संगीतप्रतिको आफ्नो प्रेमलाई निरन्तरता दिएका छन्, र यो प्रयासले धेरैले प्रशंसा प्राप्त गरेको छ। सांगीतिक बजारमा नेपाली दर्शक–श्रोताले यो गीतलाई निकै रुचाउने अपेक्षा गरिएको छ। प्रेम र संगीतको सुन्दर समिश्रणले भरिएको “हावा चलेछ क्यारे” श्रोतामा नयाँ उत्साह र संवेदनशीलता थप्नेछ।

Hawa Chalechha Kyare || Samikshya Adhikari • Dr. Aditya Joshi Ft.Saroj Praja • Parbati Shrestha