कैलाली । जिल्लाको धनगढी स्थित प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाले आफ्नो ३२ औं वार्षिक उत्सव मनाएको छ ।



संस्थाले आफ्नो विभिन्न ठाउँमा रहेको शाखाहरुमा छुट्टा छुट्टै कार्यक्रम गरी आफ्नो वार्षिक उत्सब मनाएको हो । यस्तै यता जोशीपुर सेवाकेन्द्र र टीकापुर शाखाको संयुक्त आयोजनामा वार्षिक उत्सवको अवसर पारी टीकापुरमा रहेको गौशालालाई आवश्यक नुन र भुसी सहयोग गरेको छ ।
नवजीवन सहकारी जोशीपुर सेवाकेन्द्रका प्रमुख निर्मल कुमार बमका अनुसार संस्थाको ३२ औं वार्षिक उत्सवको अवसरमा हामीले हाम्रो टीकापुर शाखा र जोशीपुर सेवाकेन्द्रको संयुक्त आयोजनामा उक्त सामग्री वितरण गरिएको बताउनु भयो ।
नवजीवन सहकारीले सुदूरपश्चिम प्रदेशमा केन्द्रीय कार्यालय स्थापना गरी देशमै एक उत्कृष्ट सहकारी संस्थाको रूपमा आफ्नो पहिचान बनाउन सफल र परिचित रहेको संस्थाको रूपमा रहँदै आएको छ ।













