काठमाण्डौ । दार्चुलामा आज बिहान भूकम्प गएको छ । दार्चुलाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।



बिहान ८ बजेर २८ मिनेटमा अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतमा रहेको भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो ।
भूकम्पको धक्का दार्चुलासहित बैतडी र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।













