बर्दगोरिया । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा जारि बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।



बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि संचालन भएको प्रतियोगितामा बुधवार क्वाटर फाईनलका खेलहरु सकिए संगै छात्र र छात्रा तर्फको सेमिफाइनल समीकरण पूरा भएको हो ।



प्रतियोगितामा सेमिफाइनलका खेलहरु बिहिवार बाट सुरु हुनेछन । जसमा बिहान ८:३० बजे छात्र तर्फको पहिलो खेलमा नोबेल माध्यामिकका विरुद्ध उज्यालो शिक्षा सदन बिच खेल हुनेछ, भने बिहान १० बजे छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा राष्ट्रिय मा वि देवकलियाका विरुद्ध दुर्गा भवानी मा वि बिच खेल हुने छ । यसै गरि दिउँसो १२ बजे छात्र तर्फको दोस्रो सेमिफाइनल खेलमा कर्णाली मा वि सत्तिका बिरुद्ध सत्यवती मा वि अत्तरिया र दिनको अन्तिम तथा छात्रा तर्फको दोस्रो सेमिफाइनल खेलमा माउन्ट सैपाल टिकापुरका विरुद्ध बालकल्याण मा वि लम्की बिच खेल हुने प्रतियोगिता संयोजक प्रमोद मल्लले बताए ।
बिधालय स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने र लागू पदार्थ दुर्ब्यसनबाट जोगाउने उदेश्य रहेको छ ।
प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेता ४३ हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी गराए । त्यसैगरी उत्कृष्ट खेलाडी ८ हजार ५ सय ५५ , उत्कृष्ट गोल रक्षक ५ हजार, ५ सय ५५ , सर्वाधिक गोलकर्ता ५ ह्जार ५ सय ५५ , उत्कृष्ट डिफेन्डर ५ हजार ५ सय ५५ , उत्कृष्ट मिडफिल्डर ५ हजार ५ सय ५५, उत्कृष्ट प्रशिक्षक ५ हजार ५ सय ५५ र राइजिङ प्लेयरलाई ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगितामा कैलाली र कंचनपुरका बिधालयहरुको सहभागिता रहेको छ । बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने खेलमा दर्शकहरुको उत्कृष्ट सहभागिता हुने गरेको छ ।













