बर्दगोरिया ।  जिल्लाको बर्दगोरिया गाउँपालिकामा जारि बिधालय स्तरीय प्रदेश व्यापी छात्र/छात्रा फुटबल प्रतियोगिताको क्वाटर फाईनल समीकरण पूरा भएको छ ।

बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा मंसिर २ गते देखि संचालन भएको प्रतियोगितामा सोमबार छात्र र छात्रा तर्फको क्वाटरफाइनल समीकरण पूरा भएको हो । क्वाटरफाईनलका खेलहरु मंगलबार बाट सुरु हुनेछन । जसमा बिहान छात्रा तर्फको पहिलो खेलमा खडक मेमोरियल का विरुद्ध राष्ट्रिय माध्यामिक बिधालय देवकलिया बीचको खेल बिहान ८ बजे हुने छ , भने बिहान १० बजे छात्र तर्फको पहिलो क्वाटरफाईनल खेलमा कर्णाली माध्यामिक बिधालय सत्तीका विरुद्ध हेबन गार्डेन जोशिपुर बिच खेल हुने छ ।

यसै गरि दिउँसो १२ बजे छात्रा तर्फको दोस्रो खेलमा बालकल्याण मा वि लम्किका बिरुद्ध बालकन्या मा वि कट्टीपुर र दिनको अन्तिम तथा छात्र तर्फको दोस्रो क्वाटर फाईनल खेलमा नोबेल का विरुद्ध आदर्श मा वि बिच खेल हुने प्रतियोगिता संयोजक प्रमोद मल्लले बताए । बिधालय स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने र लागू पदार्थ दुर्ब्यसनबाट जोगाउने उदेश्य रहेको छ ।

प्रतियोगिताको विजेताले ८५ हजार, उपविजेता ४३ हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी गराए । त्यसैगरी उत्कृष्ट खेलाडी ८ हजार ५ सय ५५ , उत्कृष्ट गोल रक्षक ५ हजार, ५ सय ५५ , सर्वाधिक गोलकर्ता ५ ह्जार ५ सय ५५ , उत्कृष्ट डिफेन्डर ५ हजार ५ सय ५५ , उत्कृष्ट मिडफिल्डर ५ हजार ५ सय ५५, उत्कृष्ट प्रशिक्षक ५ हजार ५ सय ५५ र राइजिङ प्लेयरलाई ५ हजार ५ सय ५५ नगदसहित पुरस्कृत गरिनेछ ।

प्रतियोगितामा कैलाली र कंचनपुरका बिधालयहरुको सहभागिता रहेको छ । जसमा ३२ छात्र र १६ छात्राहरुको टिम सहभागिता रहेको छ । बिहान ८ बजे देखि बेलुका ५ बजे सम्म संचालन हुने खेलमा दर्शकहरुको उत्कृष्ट सहभागिता हुने गरेको छ ।