काठमाडौं । भारतीय सिनेमाका कुनै बेला सर्वाधिक ‘ह्यान्डसम म्यान’ र ‘हिम्यान’ भनेर चिनिएका अभिनेता धर्मेन्द्र देवलको निधन भएको छ ।



८९ वर्षीय देवलको उपचारको क्रममा आज (मंगलबार) बिहान ब्रीच क्याण्डी अस्पतालमा निधन भएको हो ।



श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था स्थिर नहुँदा उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
परिवारसँग नजिक स्रोतका अनुसार विदेशमा रहेका धर्मेन्द्रका छोरीहरूलाई मुम्बई बोलाइएको छ । बबी देवलले पनि ‘अल्फा’ फिल्मको सुटिङ बीचमै रोक्दै मुम्बई फर्किएर बाबुसँग भेट गरेका थिए ।
शाहरुख खान, सलमान खानसहित अनेक बलिउड कलाकारहरू पनि सोमबार राति अबेरसम्म ब्रीच क्यान्डी अस्पताल पुगेका थिए ।













