बौनियाँ । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रबारबाट सुरु भएको छ । पारिस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मुल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।



कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सदभाव र मेलमिलाप कायम गरेको बताए । “यो प्रतियोगिता सबैको भेटघाट हुने, आपसी प्रेस साट्ने, मेलमिलाप र एकता कायम गर्ने माध्यम बनेको छ । व्यवसायीक रुपमा फुटबल नखेल्नेहरुका लागी यसले रमाइलो माहोलको वातावरण समेत निर्माण गरेको छ । यो कार्यक्रम निरन्तरताको कामना गर्दछु ।” उनले भने ।
खेलमा बर्दगोरिया पत्रकार मञ्च, गाउँपालिकाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, बौनियाँ बजारका ब्यवसायी, प्रस्तावित कोटागढी बजारका व्यवासायी, पालिकाका सामुदायिक विद्यालय, संस्थागत विद्यालय र बर्दगोरिया यातायात प्रा.ली.गरी ८ टीमको सहभागिता रहेको छ ।



शुक्रबार भएको पहिलो खेलमा जनप्रतिनिधीको टिम विरुद्ध आयोजक बर्दगोरिया पत्रकार मञ्चले २–० गोल अन्तरले सहज जित निकालेको छ । यस्तै शुक्रबार नै भएको दोश्रो खेलमा पालिका कर्मचारी टीमलाई सामुदायिक विद्यालयको टीमले २–० गोल अन्तरले पराजित गरेको छ । तेश्रो खेलमा प्रस्तावित कोटागढी बजारले बर्दगोरिया यातायात प्रा.ली.लाई २–१ गोल अन्तरले पराजित गरेको छ । यस्तै शनिबार बिहान बौनिया बजारका विरुद्ध संस्थागत विद्यालयले प्रतिस्पर्धा गर्ने छ । भने प्रस्ताविक कोटागढी बजारका बिरुद्ध सामुदायिक विद्यालयले प्रतिस्पर्धा गर्ने आयोजक बर्दगोरिया पत्रकार मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाले जानकारी दिए ।
साथै उनले विशुद्ध मनोरञ्जनका लागी हरेक वर्ष प्रतियोगिता आयेजना गर्ने गरेको समेत उल्लेख गरे । “यो हाम्रो तेश्रो संस्करण हो । व्यावसायीक खेलाडी बाहेककालाई खेलमा सहभागी गराएर मनोरञ्जन मात्रै गर्ने उदेश्य हो । आपसी सद्भाव, मेलमिलाप र एकताका लागी नै हरेक वर्ष आयोजना गर्छौ ।” उनले भने ।




















