डडेल्धुरा । डडेल्धुरामा दुई युवक लागूऔषधसहित पक्राउ परेका छन् ।



जिल्लाको अमरगढी –५ बागबजारस्थित भैरव नवदुर्गा सुनचाँदी पसलभित्र लागूऔषध सेवन गरिरहेको अवस्थामा दुई युवक पक्राउ परेका छन्। प्रहरीको चेकजाँच क्रममा नवदुर्गा–१ का २४ वर्षीय सागर सिजापति र २१ वर्षीय डार्बिन रावललाई नियन्त्रणमा लिइएको हो।



उनीहरूको साथबाट करिब ९० मिलिग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखिएको छ।





