काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि ४५८ खेलाडीले नाम दर्ता गराएका छन्। नेपाल क्रिकेट संघले जुलाई १२ देखि २२ सम्म खेलाडीलाई नाम दर्ताका लागि आह्वान गरेको थियो। जसमा ४ सय ५८ खेलाडी सहभागी भएका हुन्।

CP-HOSPITAL

अब एनपिएलका सबै फ्रेन्चाइज टोलीलाई यी नामहरु पठाएको र त्यहाँबाट नामहरु आएपछि खेलाडी सर्ट लिस्ट हुनेछन्। सर्ट लिस्टबाट छानिने खेलाडीहरुको २४ साउनमा मिनी अक्सन गरिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

दोस्रो संस्करणको लागि खेलाडी दर्ता प्रक्रियामा आएका खेलाडीहरुको दर्ता भएसँगै एनपिएलमा सहभागी ८ फ्रेञ्चाइज टोलीहरुलाई नाम उपलब्ध गराइएको छ।

नेपाल क्रिकेट संघको प्राविधिक समितिले तयार गरेको मापदण्ड र फ्रेञ्चाइज टोलीहरुले इच्छ्याएका खेलाडीहरुको सूचीबाट अक्सनमा सहभागी हुने खेलाडीहरुको अन्तिम नामावली प्रकाशन गरिने क्यानले जनाएको छ।