भजनी । कैलालीकाे भजनीमा पुनर्गठित वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई २ दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत दिगो बिकास समाज भजनी कैलालीको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा उक्त २ दिने क्षमता अभिवृद्धि तालिम दिइएको हो ।

भजनीको मोनिस्का होटलमा संचालित २ दिने तालिम भदौ १ र २ गते सञ्चालन भएको हो । दिगो विकास समाजका अध्यक्ष राम बहादुर सुनारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि भजनी नगरपालिका वडा नम्बर १ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ रहनुभएको थियो ।

तालिमलाई प्रशिक्षक खगेन्द्र जोशी, भजनी नगरपालिका विपद् व्यवस्थापन शाखाका शाखा प्रमुख विष्णु न्योपानेले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा वडा स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, वडाका जन् प्रतिनिधि, भलमन्सा, स्थानीय रेडक्रसका पदाधिकारी,प्रहरी तथा स्थानीय संघसंस्थाका पदाधिकारीहरु गरी जम्मा २१ जनाको सहभागिता रहेको थियो ।