काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

शुक्रबार प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ८०० रुपैयाँले बढेर १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २२८५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।