धनगढी । साउन लागे संगै सितरी बयाल बोलको नयाँ थारु म्युजिक भिडियो सार्बजनिक भएको छ । सुबेश कठरियाको शब्दमा तयार भएको गितमा गायिका समिक्षा चौधरी र गायक एके चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ ।



गणेश चौधरीको संगित र प्रकाश केसीको मिक्स मास्टरिङ रहेको उक्त गित काठमाण्डौ स्थित ड्रिम्स स्टुडियोमा रेकर्ड भएको निर्माण पक्षले जनाएको छ ।



म्युजिक भिडियोमा अहिलेका चर्चित थारु म्युजिक ईण्डष्ट्रिका निर्देशक सुरज देव कुशुम्याको निर्देशन रहेको छ । भिडियोमा मोडल सबिना चौधरी, बिन्तिराम चौधरी र भानुप्रताप चौधरीको अभिनय रहेको छ । यस्तै कलाकार राजु चौधरीको पनि हास्यकलाकारको रुपमा अभिनय देख्न सकिन्छ ।



भिडियाको छायाँकन कैलाली जिल्लाका बिभिन्न स्थानहरुमा गरिएको र हालैमात्र उक्त म्युजिक भिडियो मल्टिफ्रेम स्टुडियो यूट्यूब च्यानल बाट सार्बजनिक भएको निर्माण पक्षले बताएको छ ।


