

धनगढी । ठगी गरेको आरोपमा पक्राउ परेका कैलालीका दुई व्यवसायी रिहा भएका छन । सोमबार घोडाघोडी नगरपालिका–१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका–५ का यज्ञ तिवारी ठगी आरोपमा पक्राउ परेका थिए ।



उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालयले जिम्मा जमामीमा छाडीएको जनाइएको छ । तिवारीका नाममा आधा दर्जन उजुरी परेका छन् भने चौलागाईंका नाममा जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको थियो ।





दुबै जनालाई प्राप्त उजुरीका आधारमा मिटरव्याज अन्तरगत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाइएको छ ।

