बैतडी ।  जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीया तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको छ।

शुक्रबार बिहान करिब ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गरिएको थियो।

खोजीका क्रममा भीरबाट करिब एक सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक धामीका श्रीमान्, एक छोरा र एक छोरी छन्।