बौनिया । कैलालीमा एक महिलाको शव फेला परेको छ ।जिल्लाको लम्किचुहा नगरपालिका–१० की करिब ६० वर्षीया भोकारी चौधरीको आज शव फेला परेको हो।


जानकी गाउपालिका–२ कटघर नजिकै पथरिया नदीमा चौधरीको शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। यही साउन २२ गतेदेखि हराइरहेकी थिईन ।





शवलाई पोष्टमार्टमका लागि टीकपुर अस्पतालमा राखिएको छ।