टीकापुर । कैलालीको जानकी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि ९३ करोड ३७ लाख ७ हजार वजेट विनियोजन गरेको छ ।



गाउँपालिकाको १६ औं गाउँसभाबाट गाउँपालिकातर्फ ३२ करोड ७२ लाख ५६ हजार विनियोजन गरिएको छ । जसमध्ये चालु खर्चतर्फ १८ करोड ४५ लाख ८६ हजार र पुँजिगत खर्चतर्फ १४ करोड २६ लाख ७० हजार रुपैयाँ रहेको छ । विषयगत शाखातर्फ १ करोड २६ लाख ५१ हजार, वडातर्फ २ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।



दुर्गौली बजारमा स्मार्ट बत्ती जडानका लागि २५ लाख र कृषि उपज ढुवानी साधन (कृषि एम्बुलेन्स) खरिदका लागि २५ लाख विनियोजन । आन्तरिक श्रोतबाट ३ करोड १६ लाख ३१ हजार २५० रुपैयाँ, संघीय समानीकरण अनुदान बापत १३ करोड ८५ लाख, संघीय राजश्व बाँडफाँटबाट प्राप्त हुने आयबाट १२ करोड ३९ लाख ८१ हजार ४४३ रुपैयाँ, संघीय शसर्त अनुदानतर्फ ४६ करोड ३ लाख रुपैयाँ, संघीय विशेष अनुदानतर्फ ९२ लाख, संघीय समपुरक अनुदान बापत ३ करोड ३३ लाख आय प्राप्त हुने पालिकाको अनुमान छ ।





