धनगढी । जिल्लाको भजनी नगरपालिका ३ स्थित कान्द्रा नदी कर्मदेब घाटमा तटबन्ध निर्माण गरिएकोछ । सुदूरपश्चिम प्रदेशसभा सदस्य घनश्याम चौधरीको विशेष पहलमा तटबन्ध निर्माण कार्य सम्पन्न भएको हो ।



चालू आर्थिक वर्ष २०८१र०८२ मा सो क्षेत्रमा तटबन्ध निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश माननीय घनश्याम चौधरीको बिशेष पहलमा जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय धनगढी कैलाली मार्फत रकम विनियोजन गरेको थियो ।



यस क्षेत्रमा तटबन्ध निर्माण हुने भएपछि त्यहाँका स्थानियहरुको सक्रियतामा सम्झौता अवधिभन्दा अगावै निर्माणकार्य सम्पन्न भएको कान्द्रा नदी पडरिया गाउँ कर्मदेब तटवन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष भानु प्रताप चौधरीले बताउनु भयो ।
“हामीले काम गर्ने सम्झौता ३५ दिनको थियो तर आफ्नो ठाउँमा तटबन्ध निर्माण हुनेभएपछि यहाँका स्थानियहरुको उत्साह सहितको साथ सपोर्ट जनप्रतिनिधि तथा राजनीतिकर्मीहरुको सहयोगले समय अगावै निर्माण सम्पन्न गर्न सफल भएको अध्यक्ष चौधरीको भनाई छ ।”
भजनी नगरपालिका क्षेत्र जिल्लामै डुबानको उच्च जोखिममा पर्ने गर्छ वर्षेनी आउने बाढीले यहाँका थुप्रै खेतीयोग्य जमीन बगाउँदै आएको छ ।
हाल तटबन्ध निर्माणको काम सकिदैगर्दा यस क्षेत्रका जनतामा केहीमात्रामा भएपनि राहत भएको स्थानीय जय बुढाले बताए ।
उनले भने नदी कटानले यहाँ सार्है समस्या छ अहिले बिस्तारै तटबन्ध निर्माण हुँदैछ अब यहाँका किसानहरूको जमीन जोगिनेमा हामी विश्वस्त छौं ।





