काठमाण्डौ । इरान र इजरायल टकरावका कारण इजरायलमा रहेका नेपालीहरूलाई उद्धार गर्न तथा स्वदेश फर्काउन सरकारले पहल थालेको छ ।

त्यसका लागि इजरायलस्थित नेपाली दूतावासले सूचना संकलन सुरु गरेको छ । दूतावासले गुगल फारम सार्वजनिक गर्दै भर्न पनि आग्रह गरेको छ ।

दूतावासले जारी गरेको सूचनामा समस्यामा रहेका नेपालीहरूलाई आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम सुरु गरिएको जनाएको छ ।