काठमाडौँ ।  यसपालि नेपालमा चाँडै मनसुन भित्रिने भएको छ।

CP-HOSPITAL

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सरदर मितिभन्दा अगाडि नै मनसुन प्रवेश हुने सम्भावना रहेको जनाएको छ।

नेपालको पूर्वी भू–भागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख भए पनि यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिएको महाशाखाले जानकारी दिएको छ।

भारतको असामका केही भू–भागहरू तथा भुटान र बंगलादेशको पूर्वी भू–भागसम्म मनसुन आगमन भएको छ।
यसैसाताको अन्त्यसम्ममा मनसुन भित्रिने महाशाखाले जनाएको छ।