कैलाली । देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावले देशका अधिकांश भू-भागमा मौसम बदली भएको छ। हाल कर्णाली र सुदुरपश्चिम प्रदेश सहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आगामी तीन दिनको पूर्वानुमान:  जेठ ७ गते (बुधबार):

  • दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेश लगायत पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना। उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना।

  • राति: देशको पहाडी भू-भागमा सामान्य बदली तथा बाँकी क्षेत्रमा आंशिक बदली। कोशी, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना यथावत्।

जेठ ८ गते (बिहीबार):

  • दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली। कोशी, लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य ठाउँमा एक-दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना। उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा वा हिमपात सम्भावित।

  • राति: पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्यत्र आंशिक बदली रहन सक्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहँदा उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ।

२४ घण्टाको चेतावनी तथा परामर्श:

कोशी, मधेश, गण्डकी, बागमती र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुँदा जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने पूर्वानुमान गरिएको छ।
स्थानीय प्रशासन र नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।