काठमाण्डौ । यूईएफए च्याम्पियन्स लिग फुटबलकाे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र इन्टरले बराबरी खेलेका छन् ।

गएराति भएको खेल ३–३ गोलको बराबरीमा सकिएको हो । पहिलो हाफमा समान दुई/दुई गोल हुँदा दोस्रो हाफमा एक/एक गोल भयो । खेल शुरु भएको ३० सेकेन्डमै इन्टरका मार्कस थुरामले गोल गरे ।

त्यस्तै डेनजेल डम्फ्रिजले २१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । तर बार्साका लागि खेलको २४औं मिनेटमा लामिन यामल र ३८ औं मिनेटमा फेरान टोरेसले गोल गरे ।

दोस्रो हाफमा डम्फ्रिजले इन्टरका लागि व्यक्तिगत दोस्रो गोल गरे । उसको अग्रता दुई मिनेट पनि टिकेन । ६५औं मिनेटमा यान सोमरको आत्मघाती गोल भयो । अनि थप गोल हुन नसकेपछि खेल बराबरी भयो ।

त्यसअघि मङ्गलवार पहिलो लेगमा पेरिस सेन्ट–जर्मेइन (पीएसजी) ले आर्सनललाई १–० ले हराएको थियो ।

अब मे ८ तारिखमा यी दुई टोलीबीच दोस्रो लेगको खेल हुनेछ । त्यस्तै सेमिफाइनल दोस्रो लेगमा बार्सिलोना र इन्टरले मे ७ तारिखमा खेल्नेछन् । समग्रमा विजयी टोली फाइनलमा पुग्नेछन् ।