धनगढीः नेपालको हिमाल आरोहण कोभिडअघिकै अवस्थामा फर्किएको छ।कोभिड महामारीपछि सुस्ताएको आरोहण वसन्त ऋतुमा पुरानै अवस्थामा फर्किएको हो। सगरमाथा आरोहणका लागि वसन्त ऋतुमा सबैभन्दा धेरैले अनुमति पाएका छन्। कोभिड महामारीको कारण २०२० मा आरोहण स्थगित भएको थियो। पर्यटन विभागको तथ्यांकअनुसार वैशाख १४ गतेसम्म सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ४६३ जनाले अनुमति लिएका छन्।



