काठमाण्डौ । कास्कीको पोखरा रङ्गशालामा आजदेखि पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ भलिबल प्रतियोगिता शुरू भएकाे छ ।

आज पहिलो दिन तीन वटा खेल हुँदैछन् । आज महिला तर्फका तीन खेल हुने आयोजकले जनाएको छ । यी खेलमा अहिले एपीएफ र ट्राभल इन्क्वारी, साढे १२ बजे न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस तथा दिउँसो तीन बजे आयोजक टाइगर ग्रुप अफ पोखरा र त्रिभुवन आर्मी क्लबबीच हुनेछन् ।



पुरुषतर्फ ६ र महिलातर्फ ६ गरी १२ टोली सहभागी छन् । प्रतियोगिता यही १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फको विजेताले पाँच लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् । उपविजेतालाई समान दुई लाख ८५ हजार पाँच सय ५५ र तृतीय हुने टोलीले एक लाख ८५ हजार पाँच सय ५५ रुपैयाँ पाउनेछन् ।