धनगढी । सुदूरपश्चिम सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त भएको झण्डै छ महिना पुग्नै लाग्दा सरकारले पूर्णता पाएको हो ।

CP-HOSPITAL

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयको शपथ ग्रहण गराए ।तेस्रो पटकमा मन्त्री मण्डललाई पूर्णता दिएका मुख्यमन्त्री शाहले कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी दिएका छन् ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी नागरिक उन्मुक्तिकै कैलाश चौधरी दिएका हुन् ।

मन्त्री भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । त्यस्तै, कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित भएका हुन् ।