धनगढी। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको बेरुजु घट्दो क्रममा रहेको छ। आर्थिक वर्ष वर्ष २०७७/७८ मा ३४ करोड ८८ लाख ९२ हजार रहेकोमा ०७८/७९ मा घटेर ३१ करोड १७ लाख ७० हजार छ।


आर्थिक वर्ष २०७८/७९ को बेरुजु फछर्यौट ७ करोड ९६ लाख ४३ हजार २८६ रुपैयाँ रहेको उपमहानगरपालिकाका आर्थिक प्रशासन शाखाकी प्रमुख सरस्वती जोशीले जानकारी दिइन्।


