कञ्चनपुर । डडेलधुराको परशुराम नगरपालिका-९ नौला भन्ने ठाउँमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीबाट डडेलधुराको परशुराम नगरपालिकाको जागबुडातर्फ गइरहेको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।



इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक सुरज रोकायाका अनुसार घाइते सबैलाई महाकाली प्रादेशिक अस्पताल पठाइएको छ । उनका अनुसार घुम्तीमा गाडी मोडन नसक्दा सडकबाट ५० मिटर तल खसेको छ ।