काठमाडौं । भारतका चर्चित क्रिकेटर शिखर धवन नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आउने भएका छन्।

CP-HOSPITAL

उनलाई कर्णाली याक्सले टोलीमा भित्र्याएको हो। यद्यपि उनले भारतीय क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन्।भारतले सन्यास घोषणा अघि कुनै पनि खेलाडीलाई अर्को देशमा खेल्न अनुमति दिँदन। गत वर्ष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यास लिए पछि उनलाई अर्को देशमा खेल्ने बाटो खुलेको थियो।

नेपाल प्रिमियर लिग मङ्सिर १५ देखि कीर्तिपुर स्थित त्रिबी मैदानमा हुँदैछ। धवनले भारतका लागि आफ्नो पहिलो ओडीआई सन् २०१० मा अस्ट्रेलियाविरुद्ध विशाखापट्टनममा खेलेका थिए। उनले १६७ खेलमा ६७९३ रन बनाएका छन् । धवनले ४४.११ को औसत र ९१.३५ को स्ट्राइक रेटमा रन बनाएका छन् ।

उनको नाममा १७ शतक र ३९ अर्धशतक छ । आफ्नो टी-२० करियरमा धवनले ६८ खेलमा १७५९ रन बनाएका छन् । उनको ब्याटबाट ११ अर्धशतक प्रहार भएका छन् ।

धवनले अन्तिम पटक सन् २०१८ मा टेस्ट खेल्ने मौका पाएका थिए ।उनले  टेस्टमा ४०.६१ को औसतमा २३१५ रन बनाएका छन्। उनले टेस्टमा सात शतक र पाँच अर्धशतक प्रहार गरे। धवनले सर्वाधिक १९० रन हानेका छन्।