बर्दगोरिया। निहारिका युवा क्लबले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको क्लबले कोइलीभुरुवा गाउँको विभिन्न टोलको बाटो तथा बाटो किनारका झाडी सफाई गरेको हो ।

निहारिका युवा क्लबका कार्यबाहक अध्यक्ष सुरज कठरियाको अगुवाइमा क्लबका करिब ३० जना सदस्यहरुले सामूहिक रूपमा तिहारको अवसर पारेर गाउँघरका बाटोहरू सरसफाई गरिएको क्लबले जनाएको छ ।

आफ्नो गाउँघर आफैं सफा गरौं भन्ने मूल उद्देश्यले तिहारको बेलामा गाउँघर सफाई हुँदा गाउँमा आगन्तुक पाहुनालाई फरक किसिमको सन्देश जाने क्लबको बुझाई रहेको जनाइएको छ ।

निहारिका युवा क्लबले केही दिन अगाडि यही कार्तिक १४ गते दिया दिवारी साँस्कृतिक साँझ २०८१ कार्यक्रम पनि सम्पन्न गरेको जनाइएको छ ।