बौनिया । कैलालीको बर्दगोरिया ४ स्थित छातिउना सामुदायिक वन उपभोक्त समुहले वृक्षराेपन गरेको छ ।वृक्षराेपनमा लिप्तिस, निम,बासँ, सिसम आदि मिलाएर लागभाग २५ सय बोटाको वृक्षराेपन गरेको श्री छतिउना स.व.उ स .काअध्यक्ष करण चौधरीले बताएका छन ।

वृक्षारोपण  किन ? 

मानव र वृक्ष बीचको सम्बन्ध अनादि कालदेखि नै घनिष्ठ छ ।  वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचीनकालदेखि नै गर्दै आएको हो । जन्मदेखि मृत्युसम्म मानव जीवनलाई सार्थक तुल्याउन वृक्ष चाहिन्छ । जन्मेपछि शिशुलाई ताप दिन दाउरा चाहिन्छ भने मृत्युपछि पनि लास जलाउन यही दाउराको आवश्यकता हुन्छ । यसैगरी बाँचुन्जेल चाहिने अक्सिजन पनि यही वृक्षले प्रदान गर्दछ । वृक्षले कार्वन भण्डारणदेखि भूसंरक्षणसम्मका कार्यहरु गर्दछ ।

वृक्षको महत्व मानव जीवनका लागि अपरम्पार छ ।वृक्ष रोप्ने कार्य नै वृक्षारोपण हो । वृक्षारोपणले कृषककोे आवश्यकता पूर्तिसँगै वातावरण सन्तुलन कायम गर्दछ । हजारौँ वर्षदेखि वृक्षारोपण कार्यले वातावरण सन्तुलन, खाद्यान्न आपूर्ति, दैनिक जीविकोपार्जनलगायतका आवश्यकता पुरा गर्दै आएको हो ।

अझ धार्मिक महत्वका लागि वृक्षारोपण गरिदै आएको पनि पाइन्छ । हिन्दू धर्म अनुसार वर पिपल स्वामी लगायतका वृक्षलाई ईश्वरीय अंश नै मानिन्छ । अहिलेको बदलिंदो परिवेशमा वृक्षारोपण प्राकृतिक सौन्दर्यका लागि समेत गरिन्छ । ग्रामीण जीविकोपार्जन सुधारका लागि वृक्षारोपण महत्वपूर्ण छ । उता सहरी क्षेत्रमा पनि सहरी वन अर्थात् अर्बान फरेष्ट्रिले महत्व पाइरहेको छ । वृक्षारोपणले सामाजिक, आर्थिक र वातावरणीय फाइदाहरु पु¥याइरहेको हुन्छ  ।