साउन ५, धनगढी । कैलालीमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ की २५ वर्षीया कल्पना बम बिहीवार बेपत्ता भएकी हुन्।

CP-HOSPITAL

कल्पना बम मोहन्याल गाउँपालिका–५ माईतिघरबाट फर्कने क्रममा मोहन्याल गाउँपालिका–४ स्थित सुपली खोला तर्ने क्रममा उक्त खोलाले बगाउँदा ठूलीगार्डमा बेपत्ता भएको इलाका प्रहरी कार्यालय पण्डौनले जनाएको छ। इलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिई खोजतलास भईरहेको र हालसम्म लाश फेला नपरेको प्रहरीले जनाएको छ।