असार २६, धनगढी । कंचनपुरको दोधरा चादनी नगरपालिकाका बाढी पीडितहरुका लागि चौधरी ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व ( CSR ) अन्तर्गत चौधरी फाउन्डेसन मार्फत खाद्यान्न सहयोग गरेको छ ।

चौधरी ग्रुपका सिइओ प्रदिप पुडासैनिको
पहलमा बाढी पीडितहरुका लागि राहत वितरण गरिएको छ। सि.जि फुड्सका प्रदेश प्रमुख नेत्र प्रसाद अर्याल तथा कंचनपुरका सेल्स इन्चार्ज धरम सिंह धामिले संयुक्त रुपमा दोधरा चादनी नगरपालिका का कार्यकारी प्रशासकिय अधिकृत मार्फत राहत सामाग्री हस्तान्तरण गरेका हुन।


विगत केही दिन देखि परेको अविरल वर्षाका कारण डुबानमा परेका दोधरा चादनि क्षेत्रका बाढी पीडितहरुलाई केही राहत होस् भन्ने उद्देश्यले राहत स्वरुप वाइवाइ चाउचाउ लगायत खाद्य सामग्री हस्तान्तरण गरिएको हो ।

बिपतको बेलामा बाढी पीडितहरुलाई सहयोग गर्न पाउँदा खुसी भएको सी जी फुड्सका प्रदेश प्रमुख नेत्र प्रसाद अर्यालले बताउनु भयो । चौधरी ग्रुपले बिगत लामो समय देखि विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ।।